Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


सन्धिखर्क दुर्घटना – मृतकको संख्या १९ पुग्यो


0
Shares

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

घाइते मध्ये भैरहवामा ७ जना र ९ जनाको बुटवलमा उपचार भइरहेको छ । घाइते दुई जना उपचारपछि घर फर्किएका छन् । मृतकमध्ये ९ जनाको सनाखत भएको छ ।

सनाखत हुनेमा गाडी चालक रुपन्देही बासगढीका वसन्त भन्ने ओम बहादुर थापा, अर्घाखाँची खाँचिकोट काउलेकी माया पुरी, सोही ठाउँकै मेनुका खड्का, डिहिका बलराम भट्टराई, सोही ठाउँका शिवलाल भट्टराई, सितगङगा २ की सिता बस्नेत, गुल्मी पिपलडाँडा वेम्जिङका राज कुमार महत छन् ।

यस्तै उपचारको क्रममा चौराह हस्पिटल बुटवलमा अर्घाखाँची सितगंगा नगरपालिका २ सितापुरका सन्त बहादुर बस्नेत र भुमिकास्थान ९ का शैलेश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रकाश बिष्टले जानकारी दिए ।

शवहरु जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको छ । सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस अपराह्न ४ बजेतिर दुर्घटना भएको हो ।

बस सडकबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।