Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


मन्दिरमा चढाइयो अढाई क्वीन्टलको घण्टा


0
Shares

डडेल्धुरा । प्रसिद्ध भागेश्वर मन्दिरमा अढाई क्वीन्टलको घण्टा स्थापना गरिएको छ । अजयमेरु गाउँपालिका चिपुरका जनताले चन्दा उठाएर मन्दिरमा विशाल घण्ट स्थापना गरेका छन् ।

अजयमेरु गाउँपालिका वडा नं.४ मड चिपुरका स्थानीयले आफ्नो गाउँमा प्रत्येक घरधुरीबाट स्वेच्छिक चन्दा संकलन गरी करिब दुईलाख बराबरको घण्टा स्थापना गरेका हुन् ।

श्री सुन्दर मड सभ्य मडाल समाजको पहलमा भारतको प्रसिद्ध पर्यटकिय नगरी आगरामा बनाइएको एक सय पच्चिस किलोग्रामका दुई घण्टा ल्याएर भागेश्वर देवताको नाममा चढाईएको हो ।

जिल्लाका विभिन्न स्थानहरुमा मेला पर्व भईरहेका बेला बिभिन्न परिबेशले बसाईसराई गरी तराईमा रहेका पहाडी मूलका सर्वसाधारणहरुले आफ्नो गाउँ र ठाउँको धार्मिक शक्ति, साँस्कृतिक गरिमा, मूल्य मान्यता र परम्परालाई जगेर्ना गर्न स्थानीयहरुले आफ्नै पहलमा घण्ट चढाईएको स्थानीयले बताएका छन् ।