Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


भालुको आक्रमणबाट महिला गम्भिर घाईते


0
Shares

संखुवासभा । भोटखोला ३ मा भालुको आक्रमणबाट एक महिला गम्भिर घाईते भएकी छन् ।

घर नजिकै बारीमा भालुको आक्रमणबाट भोटखोला ३ हुङगुङ गाउँकी ५० बर्षिया छाम्जेक भोटे गम्भिर घाईते भएकी हुन् ।

गम्भिर घाईते भोेटेलाई हेलिकप्टरबाट खाँदवारी उपचारको लागी ल्याईएको छ । उनकोे खाँदवारी अस्पतालमा उपचार भईरहेको छ ।

भालुको आक्रमणबाट उनको टाउको र हातमा गहिरो चोट लागेको अस्पतालले जनाएको छ । उनलाई स्थानीयले उद्दार गरेका थिए ।

खाँदवारीबाट ३ दिनको बाटो रहेको उक्त क्षेत्रमा भालुले सोमवार राति घाईते शेर्पाकै ३ वटा बाख्रा समेत मारेको थियो ।

बरुण राष्ट्रिय निकुन्ज क्षेत्र भित्र रहेको उक्त क्षेत्रमा बर्षेनि भालुको आक्रमण बढ्दै गएकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

एक हप्ता अघि मात्र सोही ठाउँमा भालुको आक्रमणबाट मकालु २ का एक व्यक्ति गम्भिर घाईते भएका थिए ।

भालुको आक्रमण बढ्दै गएकोले घाईतेको क्षतिपुर्ति र नियन्त्रण गर्न स्थानीयले सरकारसँग माग गरेका छन् ।