Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


हुम्लामा टिपर दुर्घटना, तीनजनाको मृत्यु, १२ घाइते


26
Shares

हुम्ला, मंसिर ११ । हुम्लाको सिमकोटमा बुधबार एक टिपर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । १२ जना घाइते छन् ।

नाम्खा गाउँपालिकाको सन्धीखोलाबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको लु४ख ३२६९ नम्बरको टिपर सडकबाट करिब १५ मिटर तल खसेको हो ।

मृतकको पहिचान हुननसकेको र घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।