Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


नेकपाको चुनावीसभा नजिकै बम विष्फोट


13
Shares

कास्की । नयाँ बजारमा बम विस्फोट भएको छ ।

कास्की २ को उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावसभा भइरहेको बेला सभा नजिकै बम विस्फोट भएको हो ।

बम विस्फोटमा परि एक जना महिला घाइते भएकी छिन् । उनको पोखरा स्थित गण्डकी अस्पतालमा उपचार भैरहेको छ ।

प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला नजिकै रहेको बसपार्कमा विस्फोट भएको हो ।

विस्फोट पछि सभामा उपस्थितहरु भागाभाग भएपनि कार्यक्रम पुन संचालनमा आएको छ ।