Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


प्राविधिक नहुँदा यातायात व्यवस्थाको सेवा प्रभावित


0
Shares

इलाम । मेकानिकल सुपरभाइजर नहुँदा इलाममा यातायात व्यवस्था सेवा कार्यालयको काम प्रभावित भएको छ ।

प्रदेश १ सरकार भौतिक पुर्वाधार विकास मंत्रालय अन्तर्गत स्तरोन्नति भइ पुर्वाधार निर्माण भइसकेको कार्यालयमा प्राविधिक नआउँदा इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सेवाग्राही मर्कामा परेका हुन् ।

सवारी जाँच पास, नामसारी र सवारी चालक अनुमति पत्र नविकरण गर्न चर्को भाडा तिरेर झापासम्म पुग्नुपर्ने बाध्यता रहेको छ ।

आठ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयमा दरबन्दी अनुरुप प्राविधिक हालसम्म आएका छै्रनन् ।

नयाँ संरचना निर्माण गरी संचालनमा आएको कार्यालयमा बाटो इजाजत, पटके सवारी कर असुली र पञ्जीकरणको काम मात्र भएको कार्यालय प्रमुख गणेश प्रसाद अधिकारी बताउँछन् ।

दुइ करोड ४५ लाख ८३ हजारमा कार्यालयको नयाँ भवन निर्माण भएको छ । साथै ट्रायल सेन्टरलगायतका थप संरचना समेत निमार्ण भइसकेकोे छ ।

भौतिक संरचना अनुरुप कर्मचारी व्यवस्थापन नभएको र प्राविधक जनशक्ति कम भएकाले सरुवा भएका कर्मचारी आउन नमानेको कार्यालयले जनाएको छ ।