Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने मेडिकल कलेजहरुको अडान


0
Shares

काठमाडौं, मंसिर १० । सरकारले निजी मेडिकल कलेजहरुलाई अवैधरुपमा असुलेको शुल्क फिर्ता गर्न दिएको २४ घन्टे ‘अल्टिमेटम’को उनीहरुले अवज्ञा गरेका छन् ।

गृहमन्त्री, शिक्षामन्त्री, महान्यायाधिवक्ता, गृहसचिव, प्रहरी महानिरीक्षकसहितको बैठकले सोमबार अपराह्न मेडिकल कलेजहरुलाई २४ घन्टाभित्र बढी शुल्क फिर्ता गर्न अल्टिमेटम दिएको थियो ।

तर, मेडिकल कलेजहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने अडान लिएका छन् ।

मंगलबार मेडिकल कलेज सन्चालक र सरकारबीच भएको वार्तामा उनीहरुले शुल्क फिर्ता नगर्ने अडान लिएका हुन् ।

मेडिकल सन्चालकहरुले शुल्क फिर्ता नगर्ने भन्दै शुल्क समायोजनको प्रस्ताव अघि सारेका थिए ।

कलेज सन्चालकहरुसँगको वार्ता असफल भएपछि गृह मन्त्रालयमा गृहमन्त्री, शिक्षामन्त्री, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहितको बैठक बसिरहेको छ ।

मेडिकल कलेज सन्चालकविरुद्ध कस्तो कानुनी प्रक्रिया अपनाउने भन्ने विषयमा छलफल भइरहेको बुझिएको छ ।