Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


६२ प्रतिशत महिला घरेलु हिंसामा


0
Shares

काठमाडौं । गत आर्थिक वर्षमा मुलुकभर महिलामाथि एक हजार ३१९ हिंसाका घटना भएका छन् ।

महिला पुनःस्थापना केन्द्र (ओरेक) ले नेपालमा अभिलेखीकरण गरिएका महिलामाथि भएका हिंसाका घटनाको विस्तृत विश्लेषण समेटिएको पुस्तक ‘अन्वेषी’ मा सबैभन्दा बढी ६६.७२ प्रतिशत आठ सय ८०  महिलामाथि घरेलु हिंसा भएको जनाइएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन अयोजित कार्यक्रममा सार्वजनिक गरिएको ‘अन्वेषी’वर्ष पुस्तकअनुसार त्यस्तै गरी ११.९८ प्रतिशत एक सय ५८  महिला सामाजिक हिंसाबाट, १०.८४ प्रतिशत एक सय ४३ महिला तथा बालिकामाथि बलात्कार, १.३६ प्रतिशत १८ माथि बलात्कारको प्रयास तथा ४.७० प्रतिशत ६२ महिलामाथि यौन हिंसा भएको पाइएको छ ।

ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सङ्कलित एक हजार ३१९ घटनाको करिब ६६ प्रतिशत घरेलु हिंसा तथा १२ प्रतिशत सामाजिक हिंसाको तथ्याङ्कले महिला घरभित्र र सार्वजनिक दुवै क्षेत्रमा उत्तिकै हिंसामा रहेको बताए ।

 

ओरेकका अध्यक्ष ज्योत्सना मास्केले तथ्याङ्कको दायरालाई फराकिलो पार्दै ‘अन्वेषी’मा यौन अल्पसङ्ख्यक, अपाङ्गता भएका महिला, महिला स्वास्थ्यलगायत महिलाआन्दोलनको विविधता समेट्ने प्रयास भइरहेको जानकारी गराइन् ।

ओरेकले ‘अन्वेषी’ सन् २००८ देखि प्रकाशन गर्दै आएको छ । रासस

Skip This