सुनसरी । धरानबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नौ कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा संखुवासभाका रमेश भन्ने कुमार ढकाल, सुवास राई, दिपेन्द्र राई, प्रविन राई, उमेश राई, पदम राई, महेन्द्र राई, उदिप रसाइली र धरानका सन्जेस राई छन् ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले उनीहरूलाई गएराति निराजन बस्तीबाट पक्राउ गरेको हो । मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचन बिथोल्न उनीहरुलाई प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट पर्चा, पप्लेट, नयाँ प्रेसर कुकर, नगद रसिद, मोबाइल, दुईथान मोटर साइकल र एकलाख १२ हजार छ सय रुपैयाँसमेत बरामद गरेको छ ।
उनीहरुलाई धरान १५ का वडाअध्यक्ष नरेश इबारामको घरबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरु धरानका व्यापारीसँग गैरकानूनी रुपमा चन्दा असुल्न र विभिन्न आगजनीका घटनामा संलग्न रहेको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्