Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


बढी शुल्क फिर्ता नभए पुनः सत्याग्रहमा बस्ने डा. केसीको चेतावनी


0
Shares

काठमाडौं, मंसिर ९ । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले तोकिएकोभन्दा बढी शुल्क लिएका मेडिकल कलेजहरुलाई शुल्क तत्काल फिर्ता गराउन सरकारलाई आग्रह गरेका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले आफ्नो सत्याग्रह र विद्यार्थीहरुको आन्दोलनका बाबजुद मेडिकल कलेजहरुले शुल्क फिर्ता नगरेकाले तत्काल फिर्ता गराउन माग गरेका हुन् ।

शुल्क फिर्ता गराउने समयसीमा बढाउनेबाहेक सरकारले केही गर्न नसकेको भन्दै डा. केसीले शुल्क फिर्ता नभए आफू पुनः सत्याग्रहमा बस्ने चेतावनीसमेत दिएका छन् ।

Skip This