Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


दिवङ्गत पितृका नाममा छरियो शतबिज


0
Shares

काठमाडौं । दिवङ्गत पितृका नाममा आज शतबीज छरिएको छ ।

काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन हिजो साँझै देखि नै भेला भएका थिए ।

हरेक वर्ष मार्ग कृष्ण त्रयोदशीका दिन बेलुकी मन्दिरमा पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन पुग्ने गर्छन् ।

प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशभरबाट भक्तजनहरु पशुपतिमा आउने गर्छन् ।

बत्ती बाल्न बस्ने ठाउँ रोक्न पनि पशुपतिमा हिजो अपरान्हदेखि नै भक्तजनको भीड लागेको थियो ।

दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । 

Skip This