काठमाडौं । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायतर्फ स्नातक तहमा ‘गोल्ड मेडलिष्ट’ प्राप्त गरेका विद्यार्थीलाई सम्मान गरिएको छ ।
नवोदित कलेज, सामाखुशीले चारवर्षे स्नातक तहमा नेपालभरबाट प्रथम स्थान हासिल गरेका आफ्ना विद्यार्थी राजु भण्डारीलाई एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।
भण्डारीले स्नातक तह (२०७३–०७६)मा ७८.६५ प्रतिशत अङ्क ल्याई नेपालभरबाट प्रथम भएका थिए ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले भण्डारीलाई खादा र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रमका कलेजका प्राचार्य राजेन्द्र अधिकारीले आफ्नो कलेजका बिद्यार्थीले नेपालभरबाट प्रथम हुँदा खुसी ब्यक्त गर्दै भविष्यमा कलेजले दिने शिक्षा थप गुणस्तरीय बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।









प्रतिक्रिया दिनुहोस्