Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


‘लामो समयसम्म संघर्ष गरेपनि मागको सुनुवाइ भएन’


0
Shares

काठमाडौं, मंसिर ७ । भूतपूर्व गोर्खा सैनिक तथा प्रहरीका परिवारले आफ्ना समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।

समाजवादी भूतपूर्व सैनिक तथा प्रहरी महासंघले शनिबार काठमाडौंमा गरेको अन्तरक्रियामा भूतपूर्व गोर्खा सैनिक तथा प्रहरीका परिवारले आफूहरुले लामो समयसम्म समस्या समाधानका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेपनि सुनुवाइ नभएको गुनासो गरे ।

उनीहरुले आफ्नो सरोकार नेपाल, भारत र बेलायतसँग भएपनि कुनैपनि देशका सरकारले समस्या समाधानका लागि चासो नदेखाएको टिप्पणी गरे ।

महासंघका अध्यक्ष खेमजंग गुरुङले पेन्सनलगायतका समस्या समाधानका लागि लामो समयसम्म संघर्ष गरेपनि सुनुवाइ नभएको बताए ।

महासंघले माग सम्बोधन नभएसम्म संघर्ष जारी रहने जनाएको छ । पेन्सन, सेवा–सुविधालगायतका विषयमा भूतपूर्व गोर्खा सैनिकका परिवारहरुले लामो समयदेखि आन्दोलन गरिरहेका छन् ।

Skip This