Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


ढुंगेधारा उत्खनन्


0
Shares

काठमाडौं, मंसिर ५ । काठमाडौंको हात्तीसारमा रहेको पुरातात्विक र ऐतिहसिक महत्वको ढुंगेधाराको सम्पदा अभियन्ताहरुको सक्रियता उत्खनन् गरिएको छ ।

जग्गाधनीको सहयोगमा महानगरपालिका, पुरातत्व विभाग र स्थानीय बासिन्दाको रोहवरमा ढुंगेधारा उत्खनन्को काम भइरहेको हो ।

ढुंगेधारा रहेको भनिएको ठाउँमा ढुंगेधाराको पर्खाल र भुइँ प्राप्त भएको छ भने पानी पनि निस्किएको छ ।

वि.सं. २०५१ सालमा रोक्का रहेको उक्त २४ आना ३ पैसा ३ दाम जग्गा २०७२ सालमा बुद्धिलक्ष्मी गुरुङले किनेको जनाइएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर–१ का वडासदस्य राजकुमार श्रेष्ठले आफू सानै छँदा सो ढुंगेधारामा नुहाउने गरेको भन्दै अब ढुंगेधाराको उचित संरक्षण गर्ने बताए ।

सम्पदा अभियन्ताहरुले उपत्यकामा रहेका पुरातात्विक र ऐतिहसिक महत्वका सम्पदाहरुको संरक्षण गर्दै जाने बताएका छन् ।