Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


द्वन्द्वपीडितले भने, ‘सरकारले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्‍यो’


0
Shares

काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष बितिसक्दा पनि द्वन्द्वपीडितहरुले न्याय नपाएको भन्दै आज द्वन्द्व पीडित साझा चौतारीले काठमाडौको माइतीघरमा बिरोध प्रदर्शन गरेका छन् ।

शान्तिका नाममा पीडितका समस्यामाथि खेलबाड भएको भन्दै न्यायका लागि उनीहरुले आग्रह गरेका छन् ।

संक्रमणकालीन न्यायका सम्बन्धमा सरकार र राजनीतिक दलहरु इमान्दार नदेखिएको आरोप उनीहरुले लगाएका छन् ।

सरकारले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै द्वन्द्व पीडितका समस्या सामधान नगरे कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

द्वन्द्व पीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीले द्वन्द्व पीडित समुदायले न्याय पाउन नसकेको भन्दै संक्रमणकालीन न्याय सम्बन्धि कानुन संशोधन गर्न माग गरे ।

द्वन्द्वपीडितहरुले सरकारले कानुनी शासनको उपहास गरेको भन्दै न्याय नपाएसम्म लडिरहने चेतावनीसमेत दिएका छन् ।

यसैगरी द्वन्द्वपीडितहरुले मानव अधिकार आयोग अगाडि पनि प्रदर्शन गरेका छन् । उनीहरुले सरकारले बनाउन लागेको दुई आयोगबाट पीडितले न्याय नपाउने तर्फ ध्यानाकर्षण गराएका थिए ।