काठमाडौं, मंसिर ४ । राजधानीको हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरवको बुधबार ६५९औं स्थापना दिवस मनाइएको छ ।
कालभैरवलाई महादेवको उग्ररुपकोरुपमा लिने गरिन्छ ।
स्थापना दिवसका अवसरमा पाँचजना गुरुबाट तान्त्रिक होम सम्पन्न गरिएको थियो भने दुईओटा बोकाको बलि चढाइएको थियो ।
वैदिक विधिअनुसार कालभैरवको तान्त्रिक होम गरेमा शनि, राहु, केतुको ग्रहदशा पन्छाउन सकिने जनविश्वास रहिआएको छ ।









प्रतिक्रिया दिनुहोस्