Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


नाम फिर्ता लिन सिफारिस समितिमा निवेदन


0
Shares

काठमाडौं, मंसिर ४ । सत्यनिरुपण तथा मेलमिलाप आयोगको सदस्यका लागि निवेदन दिएकामध्ये दुईजनाले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका छन् ।

अधिवक्ता आशिक राम कार्की र राष्ट्रिय मानवअधिकार आयोगका सदस्य वेदप्रसाद भट्टराइले सूचीबाट आफ्नो नाम हटाउन सिफारिस समितिमा निवेदन दिएका हुन् ।

द्वन्द्वकालीन मुद्दा टुंगो लगाउन गठित सत्यनिरुपण र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीको छनोट प्रक्रियामा राजनीतिक हस्तक्षेप देखिएको भन्दै त्यसबाट बाहिरिन निवेदन दिएको उनीहरुले बताएका छन् ।

समितिले गएको आइतबार ६१ जनाको नाम सार्वजनिक गरेको थियो ।

समितिले सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष पदमा गणेश दत्त भट्ट र बेपत्ता छानबिन आयोगमा पूर्वअध्यक्ष लोकेन्द्र मल्लिककै नाम सिफारिस गरेको छ ।

यस्तै, सदस्यका लागि श्रीकृष्ण सुवेदी, मञ्चला झा, आइबहादुर गुरुङ, नरकुमारी गुरुङ र दुवै आयोगको सदस्यमा डा. गंगाधर अधिकारीको नाम सिफारिस गरिएको छ ।

समितिले आउँदो आइतबार बस्ने बैठकबाट पदाधिकारीको नाम सिफारिस गर्ने भएको छ ।