Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


सामाजिक संस्थाको कार्यमा सहयोग गर्ने प्रतिबद्धता


0
Shares

काठमाडौं, मंसिर ३ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोटरी क्लबजस्ता सामाजिक संस्थाहरुको कार्यमा सरकारले सबैखाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रोटरी इन्टनेसनल डिस्ट्रिक ३२९२ ले मंगलबार काठमाडौंमा विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग गरेको छलफलमा मन्त्री ज्ञवालीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सरकार र निजी क्षेत्र नजाने र नपुग्ने ठाउँमा रोटरी क्लबजस्ता सामाजिक संस्थाहरु गइरहेको भन्दै उनले प्राकृतिक प्रकोप र विपत्तिमा रोटरी क्लबले सेवा प्रदान गरिरहेकामा प्रशंसा गरे ।

कार्यक्रममा रोटरीयन पूर्वमुख्यसचिव तीर्थमान शाक्य, गजेन्द्रबहादुर श्रेष्ठ, किरणलाल श्रेष्ठ र संयुक्त राष्ट्रसंघका लागि पूर्वनेपाली राजदूत ज्ञानचन्द्र आचार्यले रोटरी र कूटनीतिक नियोगहरुबीचको सम्बन्धको चर्चा गरेका थिए ।