काठमाडौं, मंसिर २ । अंग्रेजी शिक्षकको वृत्ति विकासका लागि ‘नेल्टा कन्फरेन्स’ हुने भएको छ ।
‘भिजिट नेपाल २०२०’ लाई सहयोग पुग्ने गरी अंग्रेजी शिक्षकहरुको ‘टिसोल नेल्टा कन्फरेन्स’ यही मंसिर ४ देखि ७ गतेसम्म ललितपुरको जावलाखेलमा हुने भएको हो ।
नेल्टाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अन्तर्राष्ट्रिय संघ टिसोलको क्षेत्रीय सम्मेलन नेपालमा पहिलोपटक हुन लागेको जानकारी दिएको हो ।
सम्मेलनमा अमेरिका, जापान, बेलायतलगायतका २६ देशका १७२ बढी विशेषज्ञ तथा एक हजार बढी अंग्रेजी शिक्षकहरु सहभागी हुने नेप्टाका अध्यक्ष मोतीकला सुब्बाले जानकारी दिइन् ।
सम्मेलनमा विश्व परिवेशका भाषा शिक्षण सिकाइका विविध पक्षमा छलफल हुनेछ ।
सम्मेलनले नेपालमा शिक्षण क्षेत्र तथा नीतिगत पक्षमा पनि सहयोग पुग्ने नेल्टाका महासचिव ईश्वरीबहादुर अधिकारीले बताए ।









प्रतिक्रिया दिनुहोस्