Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


‘संघीयतालाई संस्थागत गर्न सन्चारमाध्यमको भूमिका महत्वपूर्ण’


0
Shares

बुटवल, मंसिर २ । नेपाली पत्रकारिताले संघीयताको भावना र जनआवाजलाई सँगसँगै अघि बढाउनुपर्नेमा सन्चार क्षेत्रका विज्ञहरुले जोड दिएका छन् ।

लुम्बिनीमा जारी ‘न्यूज फेस्टिभल’को दोस्रो दिन सोमबार विभिन्न सत्रमा छलफल गर्दै उनीहरुले पत्रकारिताले विषयवस्तुमा नयाँपन दिनुपर्ने आवश्यकता औंल्याए ।

पत्रकार नारायण वाग्लेले संघीयतालाई संस्थागत गर्न सन्चारमाध्यमहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले समाचार लेखन र विषयवस्तुको प्रस्तुतिमा नयाँपन चाहिने उल्लेख गरे ।

इमेज टेलिभिजनका सम्पादक विजय पौडेलले टेलिभिजन पत्रकारिताले जनताका आवाज र समस्यालाई प्रभावकारीरुपमा प्रस्तुत गर्नसक्ने बताउँदै सन्चार उपभोक्ताको माग पनि फेरिँदै गएको बताए ।

फेस्टिभलकैक्रममा पत्रकारहरुलाई लुम्बिनी विकास कोषले कपिलवस्तुको तिलौराकोटको स्थलगत अवलोकन तथा अन्तक्रियासमेत गराएको छ ।