Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा पाँच पत्रकार पुरस्कृत


0
Shares

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूको तेस्रो राष्ट्रिय महाधिवेशनका अवसरमा पाँच जना पत्रकारहरु पुरस्कृत भएका छन् ।

काठमाडौंको टेकूमा सम्पन्न महाधिवेशनमा काभ्रे निवासी वरिष्ठ पत्रकार तथा साहित्यकार मोहन दुवाललाई वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार तथा नगद दस हजार रुपियाँ हस्तान्तरण गरियो ।

सो पुरस्कारलाई समाजसेवी सुरबहादुर श्रेष्ठले स्थापना गरेका हुन् । देवशोभा कंसाकारले स्थापना गरेको ज्ञानज्योती लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कारसँगै नगद बीस हजार रुपियाँ झापा धुलाबारी निवासी वरिष्ठ पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठलाई दिइयो ।

त्यस्तै, राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलाई बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार तथा नगद दस हजार रुपियाँ दिइएको थियो । भिक्षु कौडण्यले स्थापना गर्नुभएको भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार तथा नगद एघार हजार एक सय रुपियाँ कान्तिपुर दैनिकका हिमेशरत्न बज्राचार्यलाई दिइएको थियो ।

मोतीशान्ति शाक्यले स्थापना गरेको ज्ञानदेवी मणिरत्न स्थापित स्मृति पत्रकारिता पुरस्कार तथा नगद बाह्र हजार रुपियाँ भने धरान निवासी वरिष्ठ पत्रकार याम प्रधानलाई दिइएको थियो । याम प्रधान र अमृतलाल श्रेष्ठको स्वास्थ्य अवस्था प्रतिकूल भएकोले सम्मेलनमा प्रतिनिधिमार्फत पुरस्कार हस्तान्तरण गरिएको थियो ।

महाधिवेशनमा चितवन, सुनसरी, लमजुङ, गोरखा, धादिङ, तनहुँ, झापा, कञ्चनपुर, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट सिफारिस गरिएका पार्षदहरूको सहभागिता थियो ।