Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


तिलौराकोटको कन्थक स्तुपमा उत्खनन सुरु


0
Shares

रुपन्देही । सिद्धार्थ गौतम बुद्धले चढ्ने घोडा कन्थकको समाधीस्थलका रुपमा रहेको तिलौराकोटको कन्थक स्तुपमा उत्खनन सुरु गरिएको छ ।

जापानिज नागरिक डा. तोकुसिन कासाईको आर्थिक सहयोगमा बेलायतको दुर्हम विश्वविद्यालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोषका विज्ञ टोलीहरुले अत्याधुनिक वैज्ञानिक तरिकाले उत्खनन, अध्ययन, अनुसन्धान र अन्वेषण सुरु गरेको हो ।

पुरातत्व विज्ञहरु सात जनाको टोलीको अगुवाइमा तिलौराकोट दरबार क्षेत्रको पुर्वतर्फ रहेको कन्थक स्तुपामा उत्खनन सुरु गरिएको हो ।

सिद्धार्थ गौतमले गृहत्याग गरेपछि त्यसको बियोग सहन नसकेर कन्थकको निधन भएको इतिहासमा उल्लेख छ ।

त्यसैको सम्झनामा बुद्धका पिता शुद्धोदनले समाधीसहितको कन्थक स्तुपा निर्माण गरिएको भनाइ छ । गत वर्ष पनि यही टोलीले त्यहाँ उत्खनन गरको थियो ।

थप अध्ययन र अनुसन्धानका लागि यस वर्ष पनि उत्खननलाई निरन्तरता दिइएको पुरातत्व विभागका वरिष्ठ पुरातत्व अधिकृत रामबहादुर कुवँरले जानकारी दिए ।

उत्खनन टोलीमा दुर्हम विश्व विद्यालयका ३, पुरातत्व विभागका ३ र लुम्बिनी क्षेत्र विकास कोषका एक जना सदस्य रहेका छन् ।

उत्खनन २० दिनसम्म चल्ने बताइएको छ ।