Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु


0
Shares

चितवन । चितवनमा जंगली हात्तीको आक्रमणमा परि दुईजनाको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज भित्र माडी ठोरी सडक खण्डमा जंगली हात्तीले आक्रमण गर्दा माडी नगरपालिका वडा नम्बर १ का बावुराम पौडेल र राजु पौडेलको मृत्यु भएको हो ।

मृतक बुवा छोरा रहेको खुल्न आएको छ । बिहान करिब ६ बजेतिर निकुञ्जको बगई पोष्टबाट १२ किलोमिटर पुर्व उनीहरुलाई हात्तीले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृतले जानकारी दिएका छन् ।