Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


सिन्धुलीमा स्थानीय घरेलु हतियारको युद्धकला अभ्यास


0
Shares

सिन्धुली । सिन्धुलीको ऐतिहासिक सिन्धुलीगढीमा स्थानीय घरेलु हतियारको युद्धकला अभ्यास देखाइएको छ ।

घरेलु हात हतियारको प्रयोगबाट गोर्खालीहरुले शत्रुहरुसँग युद्ध लडेर देशको रक्षा गरेको तात्कालीन युद्ध कलाको झल्को दिन सिन्धुलीगढीमा घरेलु युद्धकला प्रदर्शन गर्न थालिएको हो ।

गाउँमै निर्माण गरिएका गुलेली, घुयत्रो, खुडा, खुकुरी तरवारलगायतका हतियारको प्रयोगबाट गोर्खालीहरुले सिन्धुलीगढीमा अंग्रेजलाईसमेत परास्त गरेको देखाउन योे युद्धकला देखाइएको हो ।

गोर्खाली पुर्खाको बहादुरीपूर्ण कामलाई सम्झेर गोर्खालीहरुले विक्रम सम्वत १८२४ असोज १५ गते तात्कालीन अवस्थामा भारतमा रहेको इस्ट इण्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको २ हजार ४ सय अँग्रेजी फौजलाई सिन्धुलीगढीमा घरेलु हतियारको भरमा युद्व लडेर पराजित गरेको २५२ औ वर्ष पुगेको अवसरमा सो युद्ध कला प्रदर्शन गरिएको हो ।

गोर्खाली घरेलु हतियारको युद्धकला प्रदर्शनकालागि नेपाली सेना लगायत स्थानीय विद्यालयका विधार्थीहरुले विभिन्न कला देखाउँदै आएका छन् ।