काठमाडौं, कात्तिक २९ । जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेललाई बहुविवाह मुद्दामा साधारण तारेखमा बस्न आदेश दिएको छ ।
न्यायाधीश मुकेश उपाध्यायको इजलासले पोखरेललाई साधारण तारेखमा बस्न आदेश गरेको हो ।
निर्माता छवि ओझासँगको बहुविवाह मुद्दामा पोखरेल शुक्रबार अदालतमा हाजिर भएपछि सो आदेश भएको हो ।
निर्माता ओझाकी प्रथम पत्नी हेमाकुमारी ओझाले बहुविवाहको मुद्दा दायर गरेकी थिइन् ।
जिल्ला अदालतले पोखरेललाई यसअघि पक्राउ पुर्जी जारी गरेको थियो । रासस




प्रतिक्रिया दिनुहोस्