Logo २७ माघ २०८२, मंगलबार | Wed Feb 11 2026


अभिनेत्री पोखरेललाई साधारण तारेखमा बस्ने आदेश


0
Shares

काठमाडौं, कात्तिक २९ । जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेललाई बहुविवाह मुद्दामा साधारण तारेखमा बस्न आदेश दिएको छ ।

न्यायाधीश मुकेश उपाध्यायको इजलासले पोखरेललाई साधारण तारेखमा बस्न आदेश गरेको हो ।

निर्माता छवि ओझासँगको बहुविवाह मुद्दामा पोखरेल शुक्रबार अदालतमा हाजिर भएपछि सो आदेश भएको हो ।

निर्माता ओझाकी प्रथम पत्नी हेमाकुमारी ओझाले बहुविवाहको मुद्दा दायर गरेकी थिइन् ।

जिल्ला अदालतले पोखरेललाई यसअघि पक्राउ पुर्जी जारी गरेको थियो । रासस