१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


नेपाल संवतमा मोटरसाइकल र्‍याली


0
Shares

काठमाडौं । नेपाल संवत् ११४० को अवसरमा आज काठमाडौको कालिमाटीबाट मोटरसाईकल र्‍याली निकालिएको छ ।

क्लब मार्ग सामुदायिक विकास केन्द्र र समयवजीले संयुक्त रुपमा आयोजना गरेको र्‍याली मकवानपुरको पालुङ टिष्टुङसम्म पुग्ने छ । र्‍यालीमा सहभागिहरुलाई एक कार्यक्रमकाबीच बिदाई गरिएको छ ।

टिष्टुङसम्म पुग्नको लागि मोटरसाइकल र दशवटा बसको व्यवस्था गरिएको क्लबका अध्यक्ष बाबुराजा महर्जनले जानकारी दिनुभयो ।  र्‍याली भोली टिष्टुङ, पालुङ, खानीखोला हुँदै काठमाडौ फर्कने छ ।

टिष्टुङमा हुँदा वृहत्त सांस्कृतिक कार्यक्रमको आयोजना समयवजीले गर्ने छ ।