४ असार २०८२, बुधबार | Wed Jun 18 2025


चारूमती विहारलाई स्वास्थ्य सामग्री सहयोग


0
Shares

काठमाडौं, असार ६ । चारूमती बुद्ध विहार चाबहिललाई कोरोनाविरुद्ध लड्नका लागि ताइवानको चु जी फाउन्डेसनले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

फाउन्डेसनका प्रतिनिधिले विहारका प्रमुख एवं चारूमती बुद्धिस्ट मिशन नेपालका संस्थापक अध्यक्ष भिक्षु तपस्सि धम्म महास्थविरलाई उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो ।

जसमा अक्सिजन कन्सन्ट्रेटर मेसिन, पल्स अक्सिमिटर, सर्जिकल मास्क, सर्जिकल ग्लब्स, फेस सिल्ड र स्यानिटाईजर रहेका छन्। ताइवान बौद्व गुरु कुणलुङ होज्नको पहलमा सो सामग्री नेपाल पठाएको हो ।

तथा गत बुद्धको अमूल्य वचन मैत्री, करुणा, मुदिता र उपेक्षालाई आत्मसात गर्दै महामारीबीच सबैलाई सहयोग गर्दै रहने भिक्षु तपस्सिले बताउनुभयो ।

विगत २५ बर्ष देखी विहारले विभिन्न धार्मिक र सामाजिक सेवाको कार्यहरू गर्दै आएको छ ।