२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


लुम्बिनी प्रदेशसभाको बैठक विपक्षी गठबन्धनद्वारा बहिस्कार


0
Shares

काठमाडौं, असार ६ । लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेका छन् ।

अल्पमत परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले बैठक बहिस्कार गरेका हुन् ।

असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेको थियो ।

तर, आज बैठक सुरु हुनासाथ विपक्षी दल नेपाली काँग्रेसका वीरेन्द्र कनौडियाले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने बताएपछि काँग्रेस, माओवादी र जसपा सांसदहरु बैठकबाट हिँडेका थिए ।

आय व्ययको छलफल भएपछि आजै विनियोजन विधेयक पेश हुने कार्यसूची रहेको थियो ।