Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


डा. केसीले लेखे मोदीलाई पत्र, ‘नेपाली भूमिको अतिक्रमण बन्द गर्नोस्, नक्सा सच्याउनोस्’


0
Shares

डडेल्धुरा, कात्तिक २६ । डा. गोविन्द केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाली भूमिको अतिक्रमण बन्द गर्न आग्रह गरेका छन् ।

उनले भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सासमेत सच्याउन भनेका छन् । मंगलबार मोदीलाई एक पत्र लेख्दै डा. केसीले यस्तो आग्रह गरेका हुन् ।

‘एकार्काको सीमा मिच्ने, विद्वेष फैलाउने र अपमान गर्नेजस्ता कामले न आर्थिक क्षेत्रमा सहकार्य हुनसक्छ न एकार्काको राष्ट्रिय सुरक्षा नै सुनिश्चित हुन्छ’–उनले मोदीलाई लेखेको पत्रमा भनिएको छ ।

नेपाल मजबुद् र समृद्ध भएमात्रै भारतको राष्ट्रिय सुरक्षा सुनिश्चित हुनसक्ने उनको भनाइ छ ।

‘देश ठूलो होस् या सानो, बलियो होस् या कमजोर, धनी होस् या गरिब, त्यहाँका नागरिकको मर्यादा र आत्मसम्मान ठूलो र सानो हुँदैन’–डा. केसीले पत्रमा भनेका छन्–‘अन्य देशले भारतको सीमा मिच्दा भारतीय नागरिकलाई जस्तो पीडा हुन्छ, कुनैपनि देशले नेपालको सीमा मिच्दा नेपालीलाई पनि त्यस्तै पीडा हुन्छ ।’

डा. केसीले सन् २००१ को भूकम्पपछि आफूले मोदीको गृहराज्य गुजरातको भुजमा घाइतेहरुको सेवा गर्ने मौका पाएको पनि स्मरण गरेका छन् ।

त्यस्तै, उनले सन् २०१३ मा उत्तराखन्डमा भीषण बाढी आउँदा केदारनाथमा फसेका तीर्थयात्रीको आफूले सेवा गर्ने मौका पाएकोसमेत पत्रमा उल्लेख गरेका छन् ।

डा. केसीले भारतले नेपालको भू–भाग समेटेर नयाँ नक्सा जारी गरेकोप्रति आफू स्तब्ध बनेको उल्लेख गरेका छन् । यही विषयलाई जनाउँदै उनले विगत ९ दिनदेखिको आफ्नो अनशन मंगलबारै स्थगित गरेका छन् ।

यस्तो छ पत्र