
काठमाडौं, जेठ ३० । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको हातामा रहेको दुई वटा सार्वजनिक पोखरी जिर्णोद्वार गर्न राजदल गण र ललितपुर महानगरपालिकाबीच समझदारी भएको छ ।
सम्झौतापत्रमा महानगरपालिकाका तर्फबाट मेयर चिरिबाबु महर्जन र नेपाली सेना राजदलगणका तर्फबाट गणपती सुमित बिक्रम राणाले हस्ताक्षर गर्नुभएको हो ।
मेयर महर्जनले जिर्णोद्वार गरिने ऐतिहासिक पले स्वा पोखरीमा पहिलाको जस्तै कमलको फुल फुलाइने बताउनुभयो ।
महानगरपालिकाले एतिहासिक सम्पदा संरक्षण कार्यक्रम अन्तर्गत यी पोखरीको जिर्णोद्धार गर्न लागेको र आउदो आर्थिक बर्ष देखि काम थाल्ने जनाइएको छ ।
यसबाट ललितपुरमा रहेका ढुङ्गेधारामा पानी आउन मद्दत पुग्ने विश्वास गरिएको महानगरपालिकाका उप मेयर गीता सत्यालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्