३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


‘कालापानी र लिपुलेक नेपालकै हो भन्ने मनग्गे प्रमाण’


0
Shares

सिन्धुली, कात्तिक २४ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले देशको भूगोल र सीमा सुरक्षाका लागि सरकार राष्ट्रिय एकताका साथ अघि बढ्ने बताएका छन् ।

सिन्धुलीको ऐतिहासिकस्थल सिन्धुलीगढीको २५२औं विजयोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले कालापानी र लिपुलेक नेपालकै हो भन्ने मनग्गे प्रमाण रहेकाले विज्ञहरुको साझा धारणा बनाएर सरकार अगाडि बढ्न लागेको बताए ।

सो अवसरमा मन्त्री पोखरेलले नेपाली सेनाले निर्माण गर्न लागेको सिन्धुलीगढी युद्ध संग्रहालयको शिलान्याससमेत गरेका थिए ।