
डडेल्धुरा, कात्तिक २३ । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीको समर्थनमा शनिबार डडेल्धुरामा सिट्ठीजुलुस प्रदर्शन गरिएको छ ।
डा. केसीका मागसँग ऐक्यबद्धता जनाउँदै सरकारलाई दबाब दिने उद्देश्यले जुलस प्रदर्शन गरिएको हो ।
नागरिक आन्दोलन संघर्ष समिति डडेल्धुराले आयोजना गरेको र्यालीमा विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।
र्यालीले नगर परिक्रमा गर्दै डडेल्धुरा अस्पतालको प्रवेशद्वार हुँदै तुफानडाँडा चोक पुगेर समापन भएको थियो ।
आइतबार डडेल्धुरा सदरमुकाममा दिउँसो १ः३० देखि २ः३० बजेसम्म यातायात बन्द गर्ने कार्यक्रम तय भएको नागरिक आन्दोलन संघर्ष समिति डडेलधुराले जनाएको छ ।
डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गइरहेकाले उनको जीवनरक्षाको मागसहित सरकारले अविलम्ब उनले उठाएका मागहरु सम्बोधन गर्नुपर्ने संघर्ष समितिको धारणा छ ।
प्रतिक्रिया दिनुहोस्