३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


स्तुप शिलान्यास


0
Shares

काठमाडौं, कात्तिक २३ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बुद्धभूमि महाविहारको प्रांगणमा निर्माण गर्न लागिएको स्तुपको शिलान्यास गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा रक्षामन्त्री पोखरेल, संघनायक अग्ग महापण्डित डा. भिक्षु ज्ञानपुर्णिक महास्थविर तथा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष डा. मैत्री महास्थविरले संयुक्तरुपमा स्तुपको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा रक्षामन्त्री पोखरेलले विश्वमा शान्ति अभिवृद्धि गर्नका लागि बुद्धको विचारहरु मनन् गर्न आवश्यक रहेको बताए ।

देशको विकास गर्नका लागि सबैजना एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री पोखरेलले नयाँ स्तुपले संस्कृतिको संरक्षण गर्ने, बुद्धको विचार र सांस्कृतिक सम्पदाको रक्षा गर्ने बताए ।

शिलान्यास कार्यक्रममा श्रीलंका, मलेसिया, थाइल्यान्ड, सिंगापुरलगायतका देशका भन्तेहरुको उपस्थिति थियो ।