३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


केन्द्रीय मानन्धर संघ सम्मानित


0
Shares

काठमाडौं, कात्तिक २३ । परम्परागत बाजागाजा संरक्षणमा योगदान पुर्‍याएवापत् केन्द्रीय मानन्धर संघलाई सम्मान गरिएको छ ।

समाजसेवी कृष्णप्रसाद मानन्धरको आयोजनामा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच संघलाई सम्मान गरिएको हो ।

कार्यक्रमका सहभागीहरुले परम्परागत संस्कृतिलाई जोगाइराख्न संघले गरेको प्रयास प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा जगतसुन्दर वोनेकुठी माध्यमिक विद्यालयबाट २०७५ सालको एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।