Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


नेपाल–भारत सीमा नाका बन्द


0
Shares

कपिलबस्तु । भारतीय प्रशासनको अनुरोधमा नेपाल भारत सिमानाका बन्द गरिएको छ ।

उत्तर प्रदेशमा रहेको अयोध्यमा राम मन्दिर विवाद बारेमा सर्वोच्च अदालतले फैसला सुनाउने भएकोले सिमानाका बन्द गरिएको छ ।

राम मन्दिर र बाबरी मस्जिदको स्वामित्वबारे वर्षौंदेखि चलिआएको विवादको अदालतले फैसला सुनाउने भएपछि भारतीय प्रशासनको अनुरोधमा सिमानाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

त्यस्तै, नेपालगन्जस्थित जमुनाह नाका बन्द गरिएको छ । शनिबार बिहान ६ बजेदेखि नाका बन्द भएपछि नेपालबाट भारत जानका लागि हिडेका ठूलो संख्यामा नेपालीहरु नाकामा रोकिएका छन्। 

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले पनि भारतीय पक्षले मौखिक जानकारी गराएर सीमा नाका बन्द गराएको जानकारी दिए ।

अयोध्याको वरिपरि लगभग ५० किलो मिटर र अति सम्बेदनशील ठाउँमा प्रशासनले कफ्र्यु आदेश दिएको भारतीय न्युज च्यालनले न्युज प्रसारण गरिरहेका छन् ।

 

 

Skip This