वीरगन्ज । वीरगञ्ज पुगेका भारतीय अभिनेता गोविन्दाले नेपालीहरुको वीरता र प्रेमले आफू प्रभावित भएको बताएका छन् ।
आफूले नेपाललाई धेरै माया गर्ने गरेको बताउँदै उनले नेपाली सेना विश्वमा अगाडि रहेको बताए ।
‘नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६’मा सहभागी हुन विहीबार वीरगञ्ज पुगेका गोविन्दाले नेपाली अभिनेत्रीहरुसँग नृत्य गर्दै नेपाली चलचित्र जगत प्रेमको माध्यमबाट आगाडि बढनुपर्ने धारणा राखे ।
आदर्श नगर रंगशालामा आयोजना भइरहेको महोत्सवमा सहभागी हुन पुगेका गोविन्दालाई हेर्न हजारौ दर्शकको भीड लागेको थियो ।
गोविन्दाले विश्वको जुनसुकै देशमा पनि भाषाको संरक्षण गर्न चलचित्र र त्यसमा समावेश गीतको योगदान सबैभन्दा ठूलो रहेको बताए ।





प्रतिक्रिया दिनुहोस्