वीरगन्ज, कात्तिक २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारदेखि वीरगन्जमा सुरु भएको तीनदिने नेपाली चलचित्र महोत्सवको उद्घाटन गरेकी छन् ।
उनले मधेसमा विद्यमान दाइजो प्रथा, जातीय भेदभावजस्ता सामाजिक विकृतिलाई विस्थापित गर्न नेपाली चलचित्रजगतको सक्रिय भूमिकाको आवश्यकता रहेको बताइन् ।
भाषा, संस्कृतिको विकाससँगै अर्थतन्त्रलाई बलियो बनाउने मुख्य साधनकोरुपमा चलचित्र क्षेत्र रहेको भन्दै राष्ट्रपति भण्डारीले स्वदेशी उद्योगपतिहरुलाई यस क्षेत्रमा लगानी गर्न आग्रहसमेत गरिन् ।
‘तराई, पहाड, हिमालको उत्सव नेपाली चलचित्रको स्वर्णिम महोत्सव’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा नेपाली र भोजपुरी भाषाका गरी ६ ओटा चलचित्र प्रदर्शन गरिने आयोजक समितिका संयोजक विमल पौडेलले जानकारी दिए ।
नेपालमा चलचित्र निर्माण थालिएको ५३औं वर्ष पुगेको अवसरमा चलचित्र निर्माता संघले आयोजना गरेको महोत्सवले तराई–मधेसमा लुकेर बसेका पात्रलाई मूलधारमा ल्याउने विश्वास आयोजकको छ ।





प्रतिक्रिया दिनुहोस्