३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025


आहाराको कमी भएपछि बाघले मानिसहरुलाई आक्रमण गर्न थाल्यो


0
Shares

बर्दिया । पछिल्लो समय बाँके र बर्दिया जिल्लामा बाघले मानिसहरुलाई गर्ने आक्रमण बढेको छ ।

बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् ।

बस्तीमै पुगेर बाघले आक्रमण गर्न थालेपछि निकुञ्ज आसपासका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको निकुञ्जका अधिकारीहरु बताउँछन् ।

बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको संख्या वृद्धि भएसँगै आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ बाघ पस्न थालेका हुन् ।

निकुञ्जमा पाटेबाघको संख्या बढेपछि मानवसँगको द्वन्द्व बढ्न थालेकाले यसको न्यूनीकरणका लागि निकुञ्जले पहल गर्नुपर्ने स्थानीयवासीको माग छ ।

तर, निकुञ्ज र सम्बन्धित निकायले मानव बस्तीमै पुगेर आक्रमण गर्ने बाघ तथा अन्य वन्यजन्तु नियन्त्रणका लागि उचित व्यवस्थापन गर्न नसक्दा धनजनको जोखिम बढेको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जभित्र पाटेबाघको आक्रमणमा मङ्गलबार एक माउतेको मृत्यु भएको थियो ।

बाघको आक्रमण बढेपछि बर्दिया राष्ट्रिय निकुञ्ज र जिल्ला प्रशासन कार्यालयले सबैलाई सचेत रहन आग्रह गर्दै निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको खोजी गरी हटाउने कार्य गरिरहेको छ ।

सरकारी तथ्याङ्कअनुसार बर्दिया राष्ट्रिय निकुञ्ज ८७ र बाँके राष्ट्रिय निकुञ्ज २१ पाटेबाघ छन् ।