३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025


स्कुल बसको ठक्करबाट महिलाको मृत्यु


0
Shares

उदयपुर । उदयपुरमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

चौदण्डीगढी नगरपालिका–७ पारुहाङ्ग एकेडेमी बेलटारको बसले ठक्कर दिंदा सोही नगरपालिका–८ बस्ने बर्ष ६० कि नम्रता थापाको मृत्यु भएको हो ।

विद्यार्थी बोकेको  ना४ ख ८१३४ नम्बरको बसले बिपरित दिशाबाट बेलटार बजार हटिया भर्न आउँदै गरेकी महिलालाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ ।

स्ट्रिङ फेल भइ बस अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्र बेलटारमा राखिएको तर डाक्टर नहुँदा पोष्टमार्टमको लागि जिल्ला अस्पताल गाइघाट लगिने बताइएको छ ।

बस चालक चौदण्डीगढी–७ का जतन श्रेष्ठ प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक बुद्धराम चौलागाइले जानकारी दिए ।