३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


वैदेशिक रोजगारमा गएकाहरुको सहयोगमा २० कोठे विद्यालय भवन


0
Shares

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट वैदेशिक रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका व्यक्तिहरुको आर्थिक सहयोगमा भकिम्लीमा विद्यालय भवन निर्माण गरिएको छ ।

स्थानीयको सक्रियता र प्रवासीहरुको पहलमा जयन्ती माध्यामिक विद्यालयमा पक्की २० कोठे भवन निर्माण गरिएको हो ।

३ करोड ४५ लाखको लागतमा निर्माण भएको सो विद्यालय भवनका लागि वैदेशिक रोजगारीमा गएका भकिम्लीवासीले ३ करोड भन्दा बढी आर्थिक सहयोग गरेका थिए ।

जीर्ण अवस्थामा रहेको विद्यालय भवन २०७२ सालको भूकम्पका कारण कामै नलाग्ने अवस्थामा पुगेपछि भकिम्लीवासीहरुले अभियानै चलाएर सहयोगको अभियान जुटाएका थिए ।

विद्यालयले अत्याधुनिक प्रविधिको मेसिन खरिदगरी गाउँमा नै भवन निर्माणका लागि इट्टा बनाएर भवन निर्माण गरेको थियो ।