
तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन देखि कोत्रेसम्मको सडकमा दिनहुँजसो दुर्घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय तनहुँले चेकजाँचमा कडाइ गरेको छ ।
साँघुरो सडक, खाल्डाखुल्डी मोडघुम्ती तथा ओभर स्पिडका कारण दुर्घटना बढ्दै गएकाले प्रहरीले राजमार्गका विभिन्न ठाउँहरुमा चेकजाँच गर्न थालेको हो ।
चेकजाँचका क्रममा प्रहरीले सवारी चालकलाई ब्लू बुक लाइसेन्स साथमै लिएर हिड्न तथा सचेत भएर सवारीचलाउन आग्रह गर्दै आएको छ ।
तर, सवारी चालकले ट्राफिक नियमको पालना नगर्दा दुर्घटनामा कमि आउनुको सट्टा बढ्दै गएको छ ।
अधिकांश दुर्घटना चालककै लापरबाहीका कारण हुँदै आएकाले दुर्घटना न्यूनीकरण गर्न चेकजाँचलाई प्राथमिकतामा राखेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्