
काठमडौं, जेठ १३ । अमेरिकाको इतिहासमा पहिलो पटक राष्ट्रपति कार्यालय ह्वाइट हाउसमै बुद्ध जयन्ती मनाइएको छ ।
२५६५ औ बुद्ध जयन्ती अर्थात् वैशाख डे ह्वाइट हाउसमा मनाइएको हो । अमेरिकी उपराष्ट्रपति कमला हेरिसका श्रीमान् एवं सेकेन्ड जेन्टलम्यान डगलस एम्हफ, थेरवाद, महायान र वज्रयान बौद्ध भिक्षु र गुरुहरुले दीप प्रज्वलन गरेर बुद्ध जयन्ती मनाएका हुन् ।

इन्टनेशनल बुद्धिष्ट एशोसिएसन अफ अमेरिकाका अध्यक्ष वागमो डिक्से संयोजक गरेको समारोहमा थेरवादको तर्फबाट भिक्षु उपराटन महास्थवीर, महायानको तर्फबाट भिक्षु मारविन हराडा र वज्रयानको तर्फबाट टारथगं टुल्कु रिम्पोछेले बुद्ध पूजा र प्रार्थना गर्नु भएको थियो ।
अध्यक्ष डिक्सेले अमेरिकी लोकतन्त्रमा तीनै वटा बौद्ध परम्परामा ह्वाइट हाउसमा बुद्ध जयन्ती मनाउनु अमेरिकी इतिहासमै पहिलो भएको बताउनुभयो । यो ऐतिहासिक क्षणलाई सम्मान गर्दै १० लाख दीप प्रज्वलन पनि गरिएको थियो ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाईडेनले बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै अमेरिकामा बौद्धहरुले गरेको योगदान स्मरणीय रहेको उल्लेख गर्नुभयो । देश समृद्ध तुल्याउन बौद्ध शिक्षा आवश्यक रहेको पनि उहाँको भनाइ थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्