Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


सातै प्रदेशका प्रदेशप्रमुख बर्खास्त


0
Shares

काठमाडौं, कात्तिक १७ । सरकारले सातओटै प्रदेशका प्रदेशप्रमुखहरुलाई बर्खास्त गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।

सोहीअनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१)को खन्ड (ख) बमोजिम प्रदेशप्रमुखहरुलाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए ।

पदमुक्त हुनेहरुमा प्रदेश नम्बर–१ का प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नम्बर–२ प्रमुख रत्नेश्वर लाल (कायस्थ), प्रदेश नम्बर–३ प्रमुख अनुराधा कोइराला, गन्डकी प्रदेशप्रमुख बाबुराम कुँवर, प्रदेश नम्बर–५ प्रमुख उमाकान्त झा, कर्णाली प्रदेशप्रमुख दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशप्रमुख मोहनराज मल्ल छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल माघ ३ गते उनीहरुलाई प्रदेशप्रमुख नियुक्त गरेको थियो ।