Logo २७ माघ २०८२, मंगलबार | Wed Feb 11 2026


वीरगन्जमा हुने चलचित्र महोत्सवको तयारी पूरा


0
Shares

वीरगन्ज, कात्तिक १७ । वीरगन्जमा हुन लागेको चलचित्र महोत्सवको तयारी पूरा भएको छ ।

यही कात्तिक २१, २२ र २३ गते आयोजना हुने ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६’ को राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

आयोजक नेपाल चलचित्र निर्माता संघले आइतबार वीरगन्जमा पत्रकार सम्मेलन गरी महोत्सवबारे विस्तृत जानकारी गराएको हो ।

तयारी समितिका संयोजक विमल पौडलले तराई–मधेसको संस्कृति एवं सभ्यताको प्रतिनिधित्व पनि नेपाली चलचित्रमा हुनुपर्छ भन्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

महोत्सवमा बलिउड अभिनेता गोविन्दा पनि सहभागी हुने आयोजकले जनाएको छ ।