काठमाडौं । जबर्जस्ती करणी उद्योगको मुद्दा लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामाथि आजदेखि थुनछेक बहस सुरु हुँदैछ ।
गत शुक्रबार काठमाडौं जिल्ला अदालतमा बयान लिने क्रम सकिएपछि आज उक्त मुद्धामाथि बहस हुन लागेको हो ।
न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले करीब ७ घण्टा बयान लिएपछि आजका लागि बहस तय गरिएको हो ।
प्रहरीले दर्ता गरेको अभियोजन पत्र अनुसार महरामाथि जबर्जस्ती करणी उद्योगको मुद्धा सहितको फाइल सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालत पेश गरेको थियो ।
संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुब्र्यबहार गरेको आरोप लागेपछि गत असोज १९ गते महरा बालुवाटारस्थित सभामुखको निवासबाट पक्राउ परेका थिए ।
पक्राउलगत्तै स्वास्थ्यमा खराबी देखाउँदै उनी नर्भिक अस्पतालमा बस्दै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्