
काठमाडौं, कात्तिक १६ । कीर्तिपुरस्थित कीर्तिपुर महाविहारमा शनिबार पवित्र कथिन चिवर दान महोत्सवको आयोजना गरियो ।
भिक्षु महासंघले आयोजना गरेको महोत्सवमा सहभागी बौद्धधर्म अनुरागीहरुले चिवर र अस्ट परिकार दान गरेका थिए ।
महोत्वमा धर्मउपदेश गरेका भिक्षुहरुलाई चिवर दान गरिएको हो ।
महोत्सवअघि कथिन चिवर र अस्ट परिकारसहितको र्यालीले नगर परिक्रमा गरेको थियो । र्यालीमा भन्ते, गुरुमा, उपासक–उपासिकालगायतको सहभागिता थियो ।
बौद्धधर्ममा उल्लेख भएअनुसार हरेक विहारका भिक्षु तथा भिक्षुणीले वर्षात्को तीन महिना वर्षमास अवधि सम्पन्न गरेपछि हरेक विहारले वर्षमा एकपटक चिवर दान महोत्सव आयोजना गर्ने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्