तारा भुसाल (इमेज)
गुल्मी, कात्तिक १६ । गुल्मीमा बेवारिसे अवस्थामा तीनओटा शव फेलापरेको छ । एक महिला र दुई बालकका शव फेलापरेको हो ।
शनिबार बिहान चन्द्रकोट गाउँपालिका–३, पोखरीमा ती शव भेटिएको प्रहरीले जनाएको छ ।
अन्दाजी २७ वर्षीया महिला र अन्दाजी ७/८ वर्षका बालकका दुईओटा शव फेलापरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए ।
मृतकको सनाखत भइसकेको छैन ।
कच्ची सडकबाट करिब चार मिटर पर महिलाको शव भेटिएको थियो । महिलाको शव भेटिएको स्थानबाट करिब एक मिटर पर दुई बालकका शव फेलापरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शवलाई ‘पोस्टमार्टम’का लागि जिल्ला सदरमुकाम ल्याइँदैछ ।









प्रतिक्रिया दिनुहोस्