
सर्लाही । सर्लाहीको कौडेना गाँउपालिकामा गत असारको अन्तिममा ढलेको बिजुलीको पोल हालसम्म पनि मर्मत हुन सकेको छैन ।
भारी वर्षाका कारण क्षतिग्रस्त भएको पोलमा अहिले स्थानीयले लुगा सुकाउन प्रयोग गरिरहेका छन् ।
हजार भोल्टेज विद्युत् प्रवाहको लागि निर्मित पोलका तारहरु भुइँमा अलपत्र अवस्थामा रहेका छन् ।
केही तार चोरी भएको छ भने भएका तार पनि लुगा सुकाउन प्रयोग हुँदा पनि विद्युत् प्राधिकरण वितरण केन्द्र मलंगवाले मर्मतमा चासो नदेखाएको स्थानीयको गुनासो छ ।
वितरण केन्द्र प्रमुख माधवेन्द्र यादवले भने पानी जम्न कम भएपछि पोल उठाउने जानकारी दिनुभयो । हाल त्यस ठाँउमा अन्यत्रबाट विद्युत् प्रवाह भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्