
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मालिका–२ का २२ वर्षीय सपबहादुर श्रीपाली र ४० वर्षीय चन्द्रबहादुर पुन छन् ।
दरवाङ बजारदेखि रुम जाँदै गरेको ध १ ज ५९८ नम्बरको जिप दरवाङ–रुम सडकको ताक्सेमा दुर्घटना भएको हो ।
जिप भित्र रहेका १५ जना यात्रु भने सकुशल छन् । जिप पल्टीदा भिरमा खसेका यात्रुहरु छतमा चढेको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले जिप चालक डम्मरबहादुर सिउथानीलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्