१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको बस पल्टियो, तीनजनाको मृत्यु


0
Shares

साँखु, कात्तिक १४ । नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको गोल्फुभञ्ज्याङबाट काठमाडौंतर्फ आउँदै गरेको हेलम्बु यातायातको बा५ख ५०७० नम्बरको यात्रीवाहक बस बिहीबार दिउँसो काठमाडौं जिल्ला शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा फेदीको जंगलमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेको नाङ्लेभारे प्रहरीचौकीका प्रमुख आङकाजी शेर्पाले जानकारी दिए ।

ओरालोमा अनियन्त्रित भइ बस सडकछेउको मन्दिरमा ठोक्किएर सडकमा पल्टिएको थियो । बसमा ५० यात्री रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुको नेपाल मेडिकल कलेज जोरपाटी, उत्तरखेल र शङ्खरापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेको यकिन संख्या र मृतकको पहिचान खुलेको छैन । रासस